ओरियन्टल होटल्सको खूद नाफा १६ करोड
![ओरियन्टल होटल्सको खूद नाफा १६ करोड](https://www.himalkhabar.com/uploads/posts/800X600/radisson-1697206854.JPG)
ओरियन्टल होटल्स प्रालिले गत वर्ष १६ करोड नौ लाख खूद नाफा कमाएको छ।
कम्पनीको २६औं वार्षिक साधारणसभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक अर्ब २१ करोड १० लाख आम्दानी गरेको छ। त्यसमध्ये ७९ करोड ४८ लाख सञ्चालन खर्च भएको छ।
गत आर्थिक वर्षमा ४१ करोड ६३ लाख सञ्चालन नाफा रहेको कम्पनीले जनाएको छ। यसमा सम्पूर्ण खर्च कटाउँदा १६ करोड नौ लाख खूद नाफा भएको हो। कम्पनी नाफामा गएपछि ५.२७ प्रतिशत (करसहित) लाभांश वितरण गरिने भएको छ।
जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित टिप्पणी पारित गरिएको छ।