एमाले लुम्बिनी अध्यक्षका लागि मतदान
![एमाले लुम्बिनी अध्यक्षका लागि मतदान](https://www.himalkhabar.com/uploads/posts/800X600/received_1094665228176763_1693887682.jpeg)
नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्ष पदका लागि मतदान शुरू भएको छ।
प्रदेश अध्यक्ष पदमा हरि रिजाल र रामकृष्ण कँडेल उम्मेदवार छन्। आइतबार दुवै जनाले उम्मेदवारी दर्ता गरेका थिए।
उम्मेदवारी दर्ता भएपछि पनि सहमतिको प्रयास गरिएको थियो। सोमबार दिनभर एमाले नेताहरूले सहमतिको प्रयास गरेका थिए। तर, रिजाल र कँडेल पछि नहटेपछि निर्वाचन तय भएको हो।
अध्यक्षका उम्मेदवार रिजाल एमाले महासचिव शंकर पोखरेल निकट नेता हुन्। त्यस्तै, अर्का उम्मेदवार कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट नेता हुन्। दुवै जना प्यानल सहित निर्वाचनमा उत्रिएका छन्।
त्यस्तै, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, अनुप बराल, शान्तकुमार वली, पूजन विश्वकर्मा, उपसचिवमा आरती पौडेल, वसन्ती अधिकारी, दुर्गाप्रसाद चौधरी, पूर्णबहादुर बुढा र लीला रानाले उम्मेदवारी दिएका छन्।
सचिवमा लक्ष्मण अर्याल निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन प्रमुख हरि भण्डारीका अनुसार २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।