कांग्रेसका १५ विभागमा प्रमुख मनोनीत, कुन विभागमा को?
![कांग्रेसका १५ विभागमा प्रमुख मनोनीत, कुन विभागमा को?](https://www.himalkhabar.com/uploads/posts/800X600/congress_1652340300.jpg)
नेपाली कांग्रेसका १५ वटा केन्द्रीय विभागका प्रमुख मनोनीत भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले भदौ १५ मा विभाग प्रमुखहरू मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पूर्व उपसभामुख पुष्पा भुसाल महिला विभागमा प्रमुखमा मनोनीत भएकी छन्।
मनोनीत प्रमुख र विभागहरू:
कृष्णचन्द्र नेपाली पोखरेल: प्रदेश समन्वय विभाग
पुष्पा भुसाल: महिला विभाग
चिनकाजी श्रेष्ठ: उद्योग तथा व्यापार विभाग
किरण यादव: तराई-मधेश समन्वय विभाग
योगेन्द्र चौधरी: थारू विभाग
गेहेन्द्र गिरी: ज्येष्ठ नागरिक समन्वय विभाग
आङ्गेलु शेर्पा: पर्यटन विभाग
रणबहादुर रावल: गैरसरकारी संस्था समन्वय विभाग
दिलमान पाख्रिन: आदिवासी जनजाति विभाग
प्रकाश रसाइली स्नेही: वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
रंगमती शाही: पिछडिएको क्षेत्र विभाग
गुरु बराल: आपूर्ति तथा उपभोक्ता विभाग
नानु बास्तोला: जिल्ला सम्पर्क समिति समन्वय विभाग
मदनकृष्ण श्रेष्ठ: अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
सीता थपलिया (उर्मिला): उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग