त्रिशूली नदीमा बस दुर्घटना, १५ जनाको उद्धार
![त्रिशूली नदीमा बस दुर्घटना, १५ जनाको उद्धार](https://www.himalkhabar.com/uploads/posts/800X600/accidenttrishuli_(1)_1692773976.jpg)
काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२, चालिसेस्थित त्रिशूली नदीमा खसेको छ।
प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार हालसम्म १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ। उद्धार कार्य जारी छ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ। बसमा सवार यात्रुको संख्या पनि यकीन भएको छैन।