नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि
![नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि](https://www.himalkhabar.com/uploads/posts/800X600/nepse_1_1689591206.JPG)
नयाँ आर्थिक वर्ष शुरू भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७.०७ अङ्कले उकालो लागेर २१४४.१६ मा पुगेको हो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९५ अङ्कले उकालो लागेर ४०४.१० पुगेको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयरकाे मूल्य उकालो लागेको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। कुल ७६ लाख ३४ हजार १९० कित्ता शेयर दुई अर्ब ५६ करोड एक लाख ९१ हजार २८८ मा कारोबार भएको छ।
जानकारहरूका अनुसार ब्यांक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षका कारण बजारमा सकारात्मक प्रभाव पर्न गएको हो।