पानी अभावले धरानस्थित बीपी प्रतिष्ठानमा पढाइ अवरुद्ध
![पानी अभावले धरानस्थित बीपी प्रतिष्ठानमा पढाइ अवरुद्ध](https://www.himalkhabar.com/uploads/posts/800X600/ghopka_1686051556.jpg)
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको समस्या भएको भन्दै पठनपाठन स्थगन गरेको छ।
धरान उपमहानगरपालिकास्थित प्रतिष्ठानले एक सूचना जारी गर्दै जेठ ३१ गतेसम्मका लागि पठनपाठन स्थगन गरेको हो।
सूचनामा इन्टर्न र बीडीएस दोस्रो वर्षमा अध्ययनरत बाहेक सम्पूर्ण विद्यार्थीलाई पानी अभाव भएकाले पठनपाठन रोक्नुपरेको उल्लेख छ।