निगुरो टिप्न जाँदा नारायणीमा बगेर दम्पतीको मृत्यु
![निगुरो टिप्न जाँदा नारायणीमा बगेर दम्पतीको मृत्यु](https://www.himalkhabar.com/uploads/posts/800X600/narayani_1684121234.jpg)
नवलपुरस्थित नारायणी नदीमा बगेर मध्यबिन्दु नगरपालिकाको कोल्हुवाका एक दम्पतीको मृत्यु भएको छ।
मध्यबिन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यबिन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। उनीहरू श्रीमान्-श्रीमती हुन्।
नारायणीपारि चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरू बगेका थिए। आइतबार बेलुका नदीले बगाएका दुवै जना राति मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक पाठकले बताए।
कोल्हुवाका बासिन्दा निगुरो टिप्न तथा घाँसदाउराका लागि नारायणी तरेर निकुञ्ज क्षेत्रतिर जाने गरेका छन्।