तस्वीरमा नेपालको तयारी
![तस्वीरमा नेपालको तयारी](https://www.himalkhabar.com/uploads/posts/800X600/nepal_1_1681724813.jpg)
काठमाडौंमा शुरू हुन लागेको एसीसी प्रिमियर कपका लागि नेपालको तयारी पूरा भएको छ।
नेपाली टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार अन्तिम अभ्यास गरेको छ। मलेशियासँग मंगलबार हुने पहिलो खेलका लागि नेपाली टोली तयार रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानले एसीसी प्रिमियर कपका लागि वैशाख ३ मा नेपाल टोली घोषणा गरेको थियो। रोहित पौडेलको नेतृत्वमा रहेको राष्ट्रिय टोली एशिया कप छनोटको लक्ष्य सहित मैदानमा उत्रिने क्यानले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_4.jpg)
एसीसी प्रिमियर कपको विजेता टोली एशिया कप खेल्न पाउनेछ। एशिया कपका लागि भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छनोट भइसकेका छन्।
मंगलबारदेखि हुने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा रहेको नेपालले मलेशिया, ओमन, कतार र साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्।
प्रतियोगिताको पहिलो खेल वैशाख ५ गते नेपाल र मलेशियाबीच त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यही दिन मूलपानीमा हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_6.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_7.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_8.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_9.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_10.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_11.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_12.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_13.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_14.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_15.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Cricket/acc/nepal_2.jpg)