संक्रमित बढ्न थाले, एक सातामा १९० जनामा कोरोना
![संक्रमित बढ्न थाले, एक सातामा १९० जनामा कोरोना](https://www.himalkhabar.com/uploads/posts/800X600/corona_1608947850.jpg)
पछिल्लो समय कोभिड-१९ का संक्रमित बढ्न थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार, पछिल्लो तीन दिनमा ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार, ३०० जनाको आरटी पीसीआर गर्दा ४२ जना संक्रमित देखिएको थियो भने ६१५ जनाको एन्टिजेनबाट परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो।
चैत १५ गते मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, पछिल्लो ६ दिनमा ३४ जनामा संक्रमण भेटिएको थियो। एक साताअघिसम्म दैनिक संक्रमितको सङ्ख्या दुई जनाको हाराहारीमा थियो। तर, पछिल्लो सात दिनमा दैनिक संक्रमित हुनेको सङ्ख्या १९० पुगेको मन्त्रालयले जनाएको छ।
त्यसअघि एक सातामा १५ जना मात्र संक्रमित भेटिएका थिए। संक्रमितको संख्या बढ्दै गएसँगै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।