पश्चिमी वायुको प्रभावले मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना
स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न भागमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, तराईका भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। साथै, तराईका केही स्थानमा पनि मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षा हुने जनाइएको छ।
राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।