एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ
नेकपा (एमाले) संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन भएका छन्।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले फागुन २९ मा नेम्वाङलाई संसदीय दलको उपनेता मनोनीत गरेका हुन्। उनी संघीय संसद् उपनेता मनोनित भएका छन्।
फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा उनी एमालेबाट उम्मेदवार थिए। राष्ट्रपतिमा पराजित भएसँगै उनलाई संसदीय दलको उपनेता चयन गरिएको हो।
गत मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनी इलाम–२ बाट निर्वाचित भएका थिए।
