एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश वर्तौला
नेकपा (एमाले)को प्रतिनिधि सभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश वर्तौला चयन भएका छन्।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र वर्तौलालाई सचेतक मनोनित गरेका हुन्। यही फागुन २५ गतेदेखि लागू हुने गरी दुवै जनालाई मनोनित गरिएको एमालेले जनाएको छ।
प्रमुख सचेतक चयन भएका गिरी पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुन्। त्यस्तै, सचेतक चयन भएका वर्तौला एमाले बागमती प्रदेश कमिटीका उपसचिव हुन्।
दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम मनोनयन गरिएको एमालेले जनाएको छ। गत मंसीर ४ मा भएको निर्वाचनमा गिरी पर्वतबाट र वर्तौला मकवानपुर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।