दुर्गा प्रसाईं एमालेबाट निष्कासित
नेकपा (एमाले)ले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्य प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। “केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट हटाएका छौं,” प्रवक्ता गुरुङले भने।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर प्रसाईंले झापामा कार्यक्रम गरेका थिए। त्यसपछि एमाले स्थानीय कमिटीले कारबाहीका लागि सिफारिश गरेको थियो।
त्यस्तै, एमाले सचिवालय बैठकले अर्थ विभागको सचिवमा दीपकप्रकाश भट्टलाई मनोनीत गरेको छ।