आर्थिक सङ्कट समाधान गर्न एकीकृत समाजवादीको माग
नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कट समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर देशको अर्थतन्त्र गम्भीर सङ्कटतिर उन्मुख भइरहेकाले सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई २० बुँदे ज्ञापनपत्र दिएको हो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपनत्रमा राजस्वले नियमित खर्च समेत धान्न नसक्ने अवस्था सिर्जना भएको‚ ब्यांकको ब्याज चर्को भएकाले ऋण लिएर व्यवसाय गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उल्लेख छ। यस्तै‚ ब्यांक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर दैनिकजसो किसान तथा साना र मझौला व्यवसायीहरूले आत्महत्या गरिरहेको एकीकृत समाजवादीको ठहर छ।
देशमा गरिखाने वातावरण नभएकाले युवाको विदेश पलायन तीव्र भइरहेको‚ दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेकाले जनजीवन कष्टकर भएको एकीकृत समाजवादीले बताएको छ।
यस्तो छ एकीकृत समाजवादीको माग