टाटाका पाटपूर्जा र आयलमा २५ प्रतिशत छूट
टाटा मोटर्स्को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाका पाटपूर्जा र आयलमा २५ प्रतिशत छूट दिने भएको छ।
सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्यूइन् पार्ट्स् तथा टाटा जेन्यूइन आयलको मूल्यमा यस्तो छूट दिन लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सिप्रदीका अनुभवी तथा दक्ष प्रविधिकहरूले गाडीको चेकजाँच तथा परामर्श प्रदान दिइने जनाइएको छ। यस्तै‚ कम खर्चमा टाटा जेन्यूइन पार्टस् प्रयोग गरी गाडीको कार्य क्षमता बढाउने तथा गाडी सञ्चालन खर्च कम गरी ग्राहकको व्यवसाय उत्थानमा सहकार्य गर्ने उद्देश्यले यो योजना संचालनमा ल्याएको दाबी गरिएको छ।
यो छूट सुविधा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा लागू हुनेछ। सिप्रदी वर्कशपमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरूमा ६ महीना वा ५० हजार किमिसम्म वारेन्टी सुविधा पनि कम्पनीले दिइरहेको जनाइएको छ।