योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री मीनबहादुर श्रेष्ठ
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।
प्रधानमन्त्री एवं योजना आयोगका अध्यक्ष पुष्षकमल दाहालले नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका छन्।
श्रेष्ठ यसअघि पनि दाहाल नेतृत्वको सरकारको कार्यकालमा योजना आयोगका उपाध्यक्ष थिए।
अर्थशास्त्री श्रेष्ठ नेपाल राष्ट्र ब्यांकका अवकाशप्राप्त कार्यकारी निर्देशक हुन्। उनी मौद्रिक र विकास अर्थशास्त्रका ज्ञाता मानिन्छन्।