दाहालले पाए विश्वासको मत, दुई सांसद विपक्षमा
![दाहालले पाए विश्वासको मत, दुई सांसद विपक्षमा](https://www.himalkhabar.com/uploads/posts/800X600/prachanda_1673353057.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्।
पुस २६ गते बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २७० मध्ये २६८ सांसदले दाहालको पक्षमा मतदान गरेका हुन।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने दाहालको विपक्षमा मत दिए।
जम्मा ३२ सांसद भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दल तथा स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका हुन।