सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता शाह
![सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता शाह](https://www.himalkhabar.com/uploads/posts/800X600/kamal_shah_1672826097.jpg)
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन्।
अन्य दाबेदारले समर्थन जनाएपछि शाह सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएका हुन्। उनी कैलाली २ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
संसदीय दलको नेताका लागि बैतडीका शिवराज भट्ट, कञ्चनपुरका बहादुरसिंह थापा र दिवानसिंह विष्ट‚ अछामका मेघराज खड्का र मानबहादुर रावल तथा कैलालीका प्रकाशबहादुर देउवाले पनि दाबी गरेका थिए।
निर्वाचन प्रक्रिया शुरू गरेसँगै अन्य उम्मेदवारले शाहलाई समर्थन जनाएका हुन्। सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९ सांसद छन्।