सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल
सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एमाले)को संसदीय दलको नेता राजेन्द्रसिंह रावल चयन भएका छन्।
शनिबार बसेको एमाले संसदीय दलको बैठकले रावललाई नेता चयन गरेको हो। उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको जनाइएको छ।
त्यस्तै, संसदीय दलको उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमालेका १० सांसद छन्।