झापा–५ मा केपी ओली दोब्बर मतले अगाडि
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा दोब्बर मतले अग्रता लिएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले तीन हजार २१२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार ५२३ मत पाएका छन्। अधिकारीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।
यो क्षेत्रको ६ हजार २०७ मतगणना भएको छ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार, गौरीगञ्ज गाउँपालिकाको मतगणना भइरहेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गौरीगञ्जमा कांग्रेसले पाँच हजार ६८९ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवारले तीन हजार ३३० मत पाएका थिए।