देशैभरि उल्लासका साथ मतदान, गणना बेलुकी नौ बजेबाट: प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज बेलुकी नौ बजेदेखि मतगणना शुरू हुने बताएका छन्।
मंसीर ४ गते बिहान भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरे लगत्तै प्रमुख आयुक्त थपलियाले मतपेटिका सङ्कलन भएपछि गणना शुरू हुने बताएका हुन्।
देशैभरि उल्लासका साथ मतदान शुरू भएको जानकारी आफूलाई प्राप्त भएको पनि उनले बताए। थपलियाका अनुसार, आयोगले ७० प्रतिशत मत खस्ने अनुमान गरेको छ। प्रत्यक्षतर्फको मत परिणाम ११ मंसीरभित्र सार्वजनिक भइसक्ने उनले जानकारी दिए।