बर्दियामा मृत भेटियो पाटेबाघ
![बर्दियामा मृत भेटियो पाटेबाघ](https://www.himalkhabar.com/uploads/posts/800X600/tiger_bardiya_1_1668242629.jpg)
बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा पाटेबाघ मृत भेटिएको छ।
डिभिजन वन कार्यालय, बर्दियाका अनुसार पाटेबाघ आज बिहान मृत फेला परेको हो। एक दिनअघि नै मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Environment/tiger%20bardita.jpg)
जङ्गल हेरालुले मृत अवस्थामा देखेपछि वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोण शर्माले बताए।
बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन।