गठबन्धनले बदर मत बढायो
गाउँभन्दा शहरी क्षेत्रमा बदर मतको प्रतिशत धेरै छ। गठबन्धनले गर्दा बदर मत बढ्दै गएको छ। गठबन्धनले गर्दा कुल मत प्रतिशत नै घटेको छ।
स्वच्छ, निष्पक्ष, भयरहित र सर्वस्वीकार्य निर्वाचनका लागि आचारसंहिता पालना हुनु जरुरी छ। निर्वाचन अपराध गरेको वा आचारसंहिता पालना नगरेकोमा दण्डित भइसकेपछि ६ वर्षसम्म उम्मेदवार हुन नपाउने ऐनमा व्यवस्था छ।
हरेक पाँच-पाँच वर्षमा निर्वाचन हुने भएकाले आचारसंहिता नमान्ने व्यक्ति कम्तीमा दुई पटक उम्मेदवार हुन नपाऊन् भनेर यस्तो व्यवस्था गरिएको हो। यो कानूनी प्रावधान कडाइका साथ पालना हुनुपर्छ। तर, यो कार्यान्वयन भएको छैन।
मतदाता शिक्षाका लागि घरदैलो गर्ने काम एकदम प्रशंसनीय छ। यसले बदर मत घटाउन मद्दत गर्छ। गाउँभन्दा शहरी क्षेत्रमा बदर मतको प्रतिशत धेरै छ। गठबन्धनले गर्दा बदर मत बढ्दै गएको छ। अर्को गठबन्धनले गर्दा कुल मत प्रतिशत नै घटेको छ।
मतगणना सबैभन्दा बढी चुनौतीपूर्ण छ। यो पहिलादेखिकै समस्या हो। २०४९ र २०५१ का निर्वाचनमा पनि गणनामा समस्या आएको थियो। २०६४ सालमा मतपेटिका बोकेको ट्रक नै बेपत्ता भयो। अहिलेसम्म पनि फेला परेको छैन।
२०७० सालमा परिणाम आउन थालेपछि एउटा पक्षले बहिष्कारको कुरा गर्यो। त्यो दललाई फकाएर ल्याइयो। २०७४ सालमा जालीसम्म लगाउनुपर्ने अवस्था आयो।
२०७९ सालमा आयोगले सात दिनमा परिणाम घोषणा गर्नुपर्छ। यस पटक आयोग अत्यन्त संवेदनशील हुनुपर्छ।
बूथ क्याप्चरिङका विभिन्न स्वरूप छन्। दिउँसो ३ बजेपछि बूथ क्याप्चर गर्न थाल्छन्। विधि पुर्याएरै बूथ क्याप्चर गर्न सक्छन्। त्यस्तो नहोस् भनेर निर्वाचन आयोगले अहिले नै सतर्क हुनु जरुरी छ।
निर्वाचनको मिति घोषणा भइसकेपछि दल बदल नपाउने व्यवस्था गर्नुपर्छ। आयोगले यो पक्षमा पनि ध्यान दिनुपर्छ।
(गुरुङले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा ‘स्वच्छ चुनाव ४ मंसीर निर्वाचन आयोगको अभिभारा’ शीर्षकको अन्तर्क्रिया कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)