ऋषि सुनक बने बेलायतको ५७औं प्रधानमन्त्री
![ऋषि सुनक बने बेलायतको ५७औं प्रधानमन्त्री](https://www.himalkhabar.com/uploads/posts/800X600/Rishi_1666618914.jpeg)
कन्जर्भेटिभ पार्टीका ४२ वर्षीय नेता ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन्।
कात्तिक ८ गते बर्किङ्घम दरबारमा राजा चार्ल्ससँगको भेटपछि उनी औपचारिक रूपमै प्रधानमन्त्री बनेका हुन्। कात्तिक ७ गते कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँग ऋषि बेलायतको ५७औंं प्रधानमन्त्री बन्ने पक्का भएको थियो।