मापसे गरेर स्कूल बस चलाउने दुई चालक कारबाहीमा
![मापसे गरेर स्कूल बस चलाउने दुई चालक कारबाहीमा](https://www.himalkhabar.com/uploads/posts/800X600/school_1660478151.jpg)
एकाबिहानै मादक पदार्थ सेवन (मापसे) गरेर स्कूल बस चलाएका दुई जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ।
भदौ २६ गते बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म जाँच गर्दा प्रदेश ३–०१–००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र बा २१ च ६६०९ नम्बरको प्रोमिनेट कलेज नेपालटारका माईक्रो बस चालक भीमनारायण श्रेष्ठले मापसे गरेको भेटिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत साउन ८ देखि स्कूल बसमा मापसे जाँच गर्ने अभियान सञ्चालन गरेको छ।