मन्त्रीले थुन्न लगाएका गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन्।
खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो। भीएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो।