नेपाल सात विकेटले विजयी
![नेपाल सात विकेटले विजयी](https://www.himalkhabar.com/uploads/posts/800X600/cricket_nepal_1661697677.jpg)
केन्यासँगको एकदिवसीय श्रृङ्खलाको पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको छ।
शुक्रबार केन्याले दिएको ११९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि आशिफ शेखले १२० बलमा १०८ रन बनाए। पहिलो खेलमा उनी प्लेअर अफ द म्याच भए।
त्यस्तै, नेपालका लागि अर्जुन साउँदले डेब्यू अर्थशतक प्रहार गरे। उनले ९८ बलमा ६१ रन प्रहार गरे।
यसअघि ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो। केन्याका लागि राकिप पटेलले ६७ र कलिन्स ओबुयाले ६२ रन बनाए।
त्यस्तै, नेपालका लागि सोमपाल कामी र करण केसीले तीन-तीन विकेट लिए।
एकदिवसीय श्रृङ्खला अन्तर्गत नेपाल र केन्याबीच दोस्रो खेल शनिबार १२ः४५ बजे नैरोबीमा हुनेछ।