सन्दीपको कीर्तिमान, केन्या विरुद्ध लिए पाँच विकेट
![सन्दीपको कीर्तिमान, केन्या विरुद्ध लिए पाँच विकेट](https://www.himalkhabar.com/uploads/posts/800X600/sandeep_1648285172.jpg)
नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमान बनाएका छन्।
सोमबार केन्या विरुद्धको खेलमा पाँच विकेट लिएर उनले कीर्तिमान बनाएका हुन्। नेपालका लागि उनको यो सबैभन्दा राम्रो प्रदर्शन हो।
यसअघि उनले सन् २०१९ मा नेदरल्यान्ड्स विरुद्ध २० रन खर्चेर चार विकेट लिएका थिए। त्यस्तै, सन् २०२१ मा कीर्तिपुरमा भएको नेदरल्यान्ड्स विरुद्धको खेलमा पनि चार विकेट लिएका थिए।
आज उनले नौ रन खर्चेर पाँच विकेट लिए। लामिछानेले कलिन्स ओबुयालाई २० रनमा, नेहमिहा ओधिम्बोलाई पाँच रनमा, नेल्सन ओधिम्बोलाई ६ रनमा, सेम नोचेलाई १३ रनमा र इलिज ओटिनोलाई एक रनमा आउट गरे।
टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बलरको सबैभन्दा राम्रो प्रदर्शन पनि हो। यसअघि नेपालका लागि करण केसीले पाँच विकेट लिएका थिए। उनले गत मार्चमा कीर्तिपुरमा भएको पपुवा न्युगिनी विरुद्धको खेलमा २१ रन खर्चेर पाँच विकेट लिएका थिए।