मंगलम ग्रूपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल सम्मानित

मंगलम ग्रूपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेश एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित भएका छन्।
काठमाडौंको होटल र्याडिसनमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले चुरिवाललाई अवार्ड प्रदान गरेका थिए। कर्पोरेट म्यागेजिनले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ।
कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्षहरू उर्मिला श्रेष्ठ र दीपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्य लगायत प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।