सानु शेर्पाले रचे कीर्तिमान, ८ हजार मिटर अग्ला १४ शिखरको दोहोर्याएर आरोहण

नेपाली आरोही सानु शेर्पाले हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्।
उनले बिहीबार आठ हजार मिटरभन्दा माथिका १४ वटा शिखरको दोस्रो पटक आरोहण पूरा गरेका हुन्। यसअघि उनले सर्वोच्च शिखर सगरमाथाको ६ पटक आरोहण गरिसकेका छन्।
संखुवासभाका ४८ वर्षीय सानुले जापानी आरोही नावोको वातानावेसँगै बिहीबार बिहान मेसरब्रुम–२ को सफल आरोहण गरेका छन्। यो आरोहणसँगै उनले कीर्तिमान कायम गरेका हुन्।
उनले आरोहण सहायकका रूपमा काम थालेका थिए। शुरूआतमा उनले कोरियाली आरोहण दललाई छो-ओयु हिमाल आरोहणमा सघाएका थिए। त्यसयता दुई दशकभन्दा बढी समय आरोहणमा बिताइसकेका छन्।
यसअघि सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए। अहिले दोस्रो पटक आरोहण गरेर नयाँ कीर्तिमान रचेका हुन्।
आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गर्ने उनी तेस्रो नेपाली हुन्। आरोहीद्वय निर्मल पुर्जा र मिङ्मा ग्याबु शेर्पाले पनि आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण गरेका छन्।