विद्युत्गृह भासिंदा जुम्लामा एकै घरका तीन जनाको मृत्यु
![विद्युत्गृह भासिंदा जुम्लामा एकै घरका तीन जनाको मृत्यु](https://www.himalkhabar.com/uploads/posts/1590549269death1.jpg)
जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृह भासिंदा एकै घरका तीन जनाको मृत्यु भएको छ।
बिहीबार राति करीब साढे २ बजे आयोजनाको विद्युत्गृह भासिंदा उनीहरूको मृत्यु भएको हो। ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिए।
विद्युत्गृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको भट्टले बताए। बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जाँदा विद्युत्गृह भासिएको देखेका थिए।
मृत भेटिएका तीनै जना आयोजनाको विद्युत्गृहभित्र सुतिरहेका थिए। प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ। -रासस