अनलाइनबाटै मतदाता नामावली फारम भर्न सकिने
निर्वाचन आयोगले काठमाडौं उपत्यकामा असार २९ गतेदेखि अनलाइनबाट मतदाता नामावली संकलन गर्ने भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका मतदाताले आयोगको वेबसाइटमा गएर फारम भर्न सकिने प्रमुख निर्वाचन आयूक्त दिनेश थपलियाले जानकारी दिए। उनका अनुसार फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, आवश्यक कागजपत्र सहित फोटो खिच्न र औंठा छापका लागि आयोगको जिल्ला कार्यालयमा जानुपर्ने छ।
मतदाता नामावलीमा यसअघि नै नाम लेखाइसकेकाहरूले भने पुनः फारम भर्नू नपर्ने आयोगले जनाएको छ।