शेयर बजारमा ७७ अंकले गिरावट
![शेयर बजारमा ७७ अंकले गिरावट](https://www.himalkhabar.com/uploads/posts/1583315338share-market-down.gif)
शेयरमा बजारमा सोमबार भारी अंकले गिरावट आएको छ। शेयर बजार परिसूचक नेप्से ७७.०१ अंकले घटेर एक हजार ९१५.६१ विन्दुमा ओर्लिएको छ।
यो शुक्रबारको तुलनामा ३.८६ प्रतिशतले कम हो। शुक्रबार ३४.।७१ अङ्कले घटेर एक हजार ९९२ विन्दुमा झरेको थियो।
त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ। सेन्सेटिभ परिसूचक १३.०३ ले घटेर ३६६.८६ मा झरेको छ। यो शुक्रबारको तुलनामा ३.४३ प्रतिशतले कम हो।
![](https://www.himalkhabar.com/uploads/editor/Economics/share/share_27.JPG)
आज २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ मूल्यमा खरीद बिक्री भए।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सबै १३ समूहको शेयर घटेको छ।