अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन
![अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन](https://www.himalkhabar.com/uploads/posts/800X600/janardan_sharma_1_1653837299.jpg)
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष समिति गठनको प्रस्ताव गरेका थिए। त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेको छ।
छानबिन विशेष समितिमा ११ जना सदस्य छन्। जसमा नेकपा (एमाले)बाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्।
त्यस्तै, नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत, नेकपा (एकीकृत समाजवादी)बाट सरलाकुमारी यादव, जनता समाजवादी पार्टी (जसपा)बाट सुरेन्द्रप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट लक्ष्मणलाल कर्ण सदस्य छन्।
विशेष समितिलाई छानबिनका लागि १० दिनको म्याद दिइएको छ।