गठबन्धन मिलाउन कति गाह्रो छ, प्रधानमन्त्री बनेपछि थाहा पाउनुहुन्छः देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्रको विवादलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एउटै जहाजमा सवार पाँच दलका नेताहरूले जहाज अवतरण नहुँदै ङ्यारङ्यार ङुरङुर गरेको टिप्पणी गरेपछि देउवाले नेताहरूबीचको विवादलाई अतिरञ्जित गर्न नहुने बताएका हुन्।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक मंगलबार अनावरण गर्दै देउवाले गठबन्धन मुलुकको आवश्यकता भएको दाबी गरे।
“एउटा पार्टीमै समस्या हुन्छ भने गठबन्धनमा त झनै समस्या हुन्छ नि। यसलाई सामान्य रूपमा लिनुपर्छ,” देउवाले भने, “यो कुरा प्रधानमन्त्री बनेपछि थाहा पाउनुहोला, अहिले थाहा पाउनुहुन्न।”