‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार वितरण
सामसङ‚ आईएमई ग्रुप र हिम इलेक्ट्रोनिक्सले सञ्चालन गरेको ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।
नयाँ वर्षको अवसरमा सञ्चालन गरिएको उपहार योजनामा भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरले किया सोनेट कार साथै १० जना विजेतालाई बजाज २२० एफ एबीएस मोटरसाइकल प्रदान गरेको कम्पनीले जनाएको छ। साथै‚ ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भौचार प्रदान गरिएको छ।
योजना २०२२ को अप्रिलदेखि मे महीनासम्म सञ्चालन गरिएको थियो। योजनामा देशभरका वितरकहरू सहभागी थिए।