केही दिनभित्रै काठमाडौंका सबै फोहोर उठ्छ, अवरोध कतै छैनः महानगरपालिका
काठमाडौं महानगरपालिकाले केही दिनभित्रै सडकका सबै फोहोर व्यवस्थापन हुने जनाएको छ।
साइट इञ्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठले भने, “‘यही गतिमा काम हुने हो भने केही दिनमै सहरका सडक सफा हुनेछन्।”
महानगरका अनुसार फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यमा केही अवरोध छैन।
जेठ २८ गते करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ। जेठ २७ गते १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो।