पूर्वमन्त्री मिथिला चौधरीको निधन
पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ।
गएराति भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी रक्षाले बताइन्। उनी संविधान सभा सदस्य समेत रहेकी थिइन्।
नेकपा (संयुक्त) को सांसद रहेको वेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्। (रासस)