भक्तपुरमा ४.७ म्याग्नीच्युडको भूकम्प
काठमाडौं उपत्यकामा शनिबार विहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहान २.३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
काठमाडौं उपत्यकामा आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उल्लेख गरेका छन्।