लाइसेन्सका लागि भरेका अनलाइन आवेदन रद्द, फेरि नयाँ भर्नुपर्ने
![लाइसेन्सका लागि भरेका अनलाइन आवेदन रद्द, फेरि नयाँ भर्नुपर्ने](https://www.himalkhabar.com/uploads/posts/1591957569Smart-driving-licence-specimen.jpg)
सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अहिलेसम्म अनलाइनबाट भरेका आवेदन रद्द गरिएको छ भने अब नयाँ भर्नुपर्ने भएको छ।
यातायात व्यवस्था विभागले सोमबार सूचना प्रकाशित गरी अहिलेसम्म अनलाइनबाट भरेका आवेदन रद्द गरिएको जनाएको छ। नयाँ अनलाइन आवेदन प्रणाली शुरू गरिने भएकाले अहिलेसम्म अनलाइनबाट भरेका आवेदन रद्द गरिएको विभागले जनाएको छ।
विभागले आज साँझ ६ बजेदेखि नयाँ अनलाइन आवेदन प्रणाली शुरू गर्न लागेको छ। यसअघि अनलाइनबाट आवेदन भरेका चालकले पनि अब applydl.dotm.gov.np मा गएर नयाँ आवेदन भर्नुपर्नेछ।
![](https://www.himalkhabar.com/uploads/editor/Government-Office/licence.jpg)