१० नगरपालिकाको परिणाम घोषणा हुन बाँकी
७५३ स्थानीय तहमध्ये १० वटाको मात्रै अन्तिम परिणाम घोषणा हुन बाँकी छ।
४६० वटै गाउँपालिकाको परिणाम घोषणा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, काठमाडौं र पोखरा महानगरपालिका सहित १० नगरपालिकाको परिणाम आउन बाँकी छ।
जेठ १० गतेसम्म परिणाम घोषणा हुन बाँकी नगरपालिकाहरू:
काठमाडौं महानगरपालिका
पोखरा महानगरपालिका
तुलसीपुर उपमहानगरपालिका
त्रियुगा नगरपालिका
कटारी नगरपालिका
गढीमाई नगरपालिका
गरुडा नगरपालिका
फतुवा विजयपुर नगरपालिका
तिलोत्तमा नगरपालिका
महाराजगञ्ज नगरपालिका