सेल्सवेरीबाट इमाडोलका नविन सुवेदीले जिते आइफोन
![सेल्सवेरीबाट इमाडोलका नविन सुवेदीले जिते आइफोन](https://www.himalkhabar.com/uploads/posts/800X600/nabin_subedi_1652620808.jpg)
सेल्सवेरी डिपार्टमेन्ट स्टोरको ‘सोप एन्ड विन’ योजना अन्तर्गत ललितपुरको इमाडोलका नविन सुवेदीले आइफोन जितेका छन्।
सेल्सवेरीले सुवेदीलाई आईफोन–१३ प्रोम्याक्स प्रदान गरेको छ। उनले गत ८ चैतमा इमाडोल शाखाबाट एक हजार १३५ रुपैयाँका सामान खरीद गरेका थिए।
सेल्सवेरीले गत १ देखि ३० चैतसम्म सञ्चालन गरेको योजनामा विभिन्न शाखाबाट एक लाख ९१ ह्जार ५१८ जनाले सामान खरीद गरेका थिए। उनीहरूमध्ये सुवेदीले आइफोन जितेको सेल्सवेरीले जनाएको छ।