मुख्य मन्त्री भट्ट र पर्यवेक्षण समितिका अध्यक्ष पोखरेललाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएकाले मुख्य मन्त्री भट्ट र अध्यक्ष पोखरेललाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
दुवै जनालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ। आयोगले बुधबार स्पष्टीकरण सोधेको हो।