महानिरीक्षक सिंह र अर्याललाई दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
सोमबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले सिंह र अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषद् बैठकले आइतबार दुवै जनालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।
सिंह २०४९ चैतमा प्रहरी सेवामा प्रवेश गरेका थिए। २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका अर्याल सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्।