मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए प्रदेश सभाबाट राजीनामा
गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले राजीनामा दिएका छन्।
नेकपा (एमाले) ले पोखरा महानगरपालिकाको मेयरको टिकट दिएपछि थापाले प्रदेश सभा सदस्यबाट आज राजीनामा दिएका हुन्।
एमाले केन्द्रीय बैठकले यसअघि पोखराको मेयरमा दीपक पौडेललाई मेयरको टिकट दिएको थियो। पौडेलले टिकट पाएपछि उनको विवादास्पद भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। जसका कारण उनको आलोचना भइरहेको थियो।
थापाले सोमबार गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका छन्। उनी २०७४ सालमा कास्की २ (क) बाट निर्वाचित भएका थिए।