एकीकृत समाजवादीले टुङ्ग्यायो महानगर र उपमहानगरको उम्मेदवार
नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो भागमा परेका महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ।
आज बिहान बसेको केन्द्रीय सचिवालय बैठकले पाँच दलीय गठबन्धनबाट पाएका महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको टुङ्गो लगाएको महासचिव वेदुराम भुसालले जानकारी दिए।
एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य र हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना लामालाई उम्मेदवार बनाएको छ।
यस्तै‚ काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठ‚ इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्ट‚ बुटवल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीले निर्णय गरेको छ।