कञ्चनपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल
कञ्चनपुरमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू विभाजित भएका छन्। प्रमुख घटक नेपाली कांग्रेसलाई बाहिर राखेर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
नौ स्थानीय तहमध्ये माओवादी केन्द्रले पाँच र एकीकृत समाजवादीले चार पालिकाको प्रमुख पाउने गरी भागबण्डा भएको छ। उपप्रमुखमा भने माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले तीन स्थानीय तहमा उम्मेदवारी दिनेछन्। बेलडाँडी गाउँपालिकाको प्रमुख र उपप्रमुख नै माओवादी केन्द्रको भागमा परेको छ।
माओवादी केन्द्रले लालझाडी गाउँपालिका‚ बेलडाँगी गाउँपालिका‚ कृष्णपुर नगरपालिका‚ शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाको प्रमुख पाएको छ। एकीकृत समाजवादीले पुनर्वास‚ दोधारा चाँदनी‚ भीमदत्त र वेदकोट नगरपालिकाको प्रमुख पाएको छ।