एनआईयूको नयाँ बिजुली स्कूटर नेपाली बजारमा
![एनआईयूको नयाँ बिजुली स्कूटर नेपाली बजारमा](https://www.himalkhabar.com/uploads/posts/800X600/niu_1650448471.jpg)
एनआईयू यूक्यूआई जीटीको विद्युतीय स्कूटर नेपाली बजारमा आएको छ।
एनआईयू इलेक्ट्रिकको नेपालका लागि आधिकारिक विक्रेता दराज क्यामुले नयाँ स्कूटर नेपाली बजारमा ल्याएको हो। बुधबारदेखि नेपालमा बिक्री-वितरण शुरू भएको जनाइएको छ।
नेपाली बजारमा यसको मूल्य दुई लाख ५५ हजार रहेको छ। यो रातो, सेतो, खैरो, निलो र कालो रङमा नेपाली बजारमा उपलब्ध छ।