टोयोटाले ल्यायो ‘अपग्रेड’ योजना
![टोयोटाले ल्यायो ‘अपग्रेड’ योजना](https://www.himalkhabar.com/uploads/posts/800X600/Toyota_Upgrade_Event_1649324670.jpg)
नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘अपग्रेड इभेन्ट’ आयोजना गरेको छ।
२४ चैतबाट शुरू भएको यो इभेन्ट २७ चैतसम्म चल्नेछ। यसमा जुनसुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोसँग साट्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकलाई एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न यो योजना ल्याइएको यूटीएसले जनाएको छ। यसमा पुरानो गाडीको उचित मूल्याङ्कन, सजिलो फाइनान्सिङ तथा टेस्ट ड्राइभ लगायत सुविधा छन्।