एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच चुनावी तालमेलबारे छलफल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको छ।
बिहीबार राति नेपालगञ्जमा भएको भेटवार्तामा समसामयिक राजनीति र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा कुराकानी भएको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर समेत रहेका महामन्त्री राणाले जानकारी दिए।
राणाका अनुसार, वैशाखमा हुने स्थानीय निर्वाचनमा तालमेल गरेर जाने विषयमा शुरूआती छलफल भएको छ।